४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ऐतिहासिक हथौसा मेला सुरु, धानखोलामा दशनार्थी ओइरिए



मायादेवी अनलाइन, कपिलवस्तु । 

प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारि लाग्ने हथौसा मेला आजदेखि शुरु हुदैछ । हथौसा मेला महाशिवरात्री मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र हो । महाशिवरात्री मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको थारु अगुवा भग्गु थारुले जनाउनुभयो । मेलामा सांस्कृतिक झल्किने खालका विभिन्न वस्तुहरुको प्रदर्शन गरिने उहाले बताउनुभयो । मेलाको विहान ११ बजे प्रदेश सांस्द विष्णु पन्थीले उद्घाटन गर्नु हुने छ ।

हेमराज माविको प्रांगणमा लाग्ने यो मेला संचालनका लागि ठेक्का दिने प्रचलन पहिले देखि रहदै आएकोछ । यता जिल्लाको ऐतिहासिक, पौराणिक शिवगढी मन्दिर, ऐतिहासिक धानखोला मन्दिर र उमरी शिव गुफा मन्दिर परिसरमा हरेक वर्षझैं मेलाको भव्य तयारी गरिएको छ । मन्दिर सरसफाई, रङ रोगन, व्यापारिक स्टल व्यवस्थापन, सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायसँग समन्वय, धार्मिक स्थलसम्म पुग्ने बाटो मर्मत लगायतका काममा स्थानीयहरु जुटेका छन् । आज शिवरात्रीको अवसरमा हजारौं दशनार्थी धानखोला गएका छन । नेपाल तथा भारतका विभिन्न स्थानबाट शिवगढीमा पूजा गर्न दशनार्थी पुगेका हुन् ।

यसैबीच आज नेपाली सेना दिवस पनि मनाइदै छ । राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाहरुको सम्मान गर्दै आज राजधानी लगायत देशभर बिभिन्न कार्यक्रम हुने गर्दछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १ : ४९ बजे