३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।साथै फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट पनि सार्वजनिक गरियो ।

दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान तथा केनिपा सिंहको मुख्य भूमिका रहेको यो फिल्ममा गाउँको एउटा सामान्य कथालाई उठाइएको छ । फिल्ममा मेनुका प्रधान ‘साइँली’ बनेकी छिन् भने गौरव पहारी मेनुकाको पछिपछि लाग्छन् । दुई वर्षअघिको हिट गीत ‘साइँली’ को थेम लिएर बनाइएको फिल्ममा दयाहाङ राई गौरव पहारीको मिल्ने साथीका रुपमा देखिएका छन् ।

यस्तै फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की लगायतका कलाकारको समेत अभिनय छ भने लेखन निर्देशक गुरुङकै छ ।

विशाल गुरुङ, मोहन राना मगरको निर्माण रहेको यो फिल्ममा विजय वाग्ले, विकास पूजास र शुभेच्छा केसीको सह–निर्माण छ । फिल्मले चैत्र १५ लाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १० : १६ बजे