३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बाणगंगा- ९ भलवाडमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर



बाबुराम रायमाझी, गोरुसिंगे ।
कपिलवस्तुको वाणगंगा ९ भलवाडमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ४ सय जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा नाक कान, घाँटी, गेष्टिक, गानोगोला, बाथ आँखा रोग लगायतका विरामी आएका थिए ।
कार्यक्रममा बोल्दै बाणगंगाका नगर प्रमुख मङ्गल प्रसाद थारुले नगरमा स्वास्थ्यको पहुँचबाट पछि परेका विपन्न परिवारलाई यस्ता शिविरले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
नगर उपम्रमुख चक्रपाण्ी अर्यालले प्राकृतिक जडीबुटीले भरीपूर्ण भएको देश भएकोले यसको सही पहिचान गरी औषधि खाए रोग निको हुने बताउनुभयो ।
कार्यक्रममा पा्रदेशिक स्वास्थ्य निर्देशालयका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर बुद्धि प्रसाद पौडेलले मानिसमा ८० प्रतिशत रोग पानी र खानाबाट हने गरेकोले रोग लाग्नु भन्दा रोग नै लाग्न नदिन सचेताना अपाउनुुपर्नेमा जोड दिनुभयो ।
प्रदेश साँसद विष्णु पन्थी, अर्घाखाँची जिल्लाका प्रदेश साँसद चेत नारायण आचार्य र बाणगंगा नगरका नगर प्रवक्ता विष्णु प्रसाद पौडेल लगायतले पनि स्वास्थ्य शिविरको वारेमा जानकारी लिनुभएको थियो ।
वाणगंगा नगरपालिकाको आयोजना भएको कार्यक्रममा वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासे, वडा न. ५ वडाध्यक्ष भिष्मराज भुसाल लगायलते स्वास्थ्य शिविर सफलताको शुभ कामना दिनु भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ३ : ०५ बजे