३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तौलिहवामा नेपाल र भारतका अधिकारीहरुबीच बैठक



कपिलवस्तु ।
कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको सुरक्षा अधिकारीहरुसँग कपिलवस्तुको तौलिहवामा शनिबार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ ।
तौलिहवामा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न बैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण लगायतको विषयमा छलफल गरिएको छ ।
यसै गरी भारतमा आउँदो मार्च महिनामा हुन लागेको आम निर्वाचनमा सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ र अपराध नियन्त्रणका विविध पक्षमा समेत बैठकमा छलफल गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कपिलवस्तुका शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताउनुभयो ।
बैठकमा भारत सिद्धार्थ नगर जिल्लाका डि.एम.कुनाल सिल्कु, प्रहरी प्रमुख डा. धर्मवीर सिंह, एस.एस.बी ४३ बटालियनका कमाण्डेन्ट जनार्दन प्रसादको उपस्थिति रहेको थियो ।
नियमित रुपमा दुवै सीमावर्ती दुवै देशमा गरिने यस्ता बैठकबाट सीमा क्षेत्रमा आइपर्ने विवाद नियन्त्रण, सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  २ : ५२ बजे