३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

वेष्ट इण्डिजले इंग्ल्याण्डलाई हरायो



एजेन्सी ।
वेष्ट इण्डिज भ्रमणमा रहेको इंग्ल्याण्डले पाँचौं एक दिवशीय खेलमा लज्जास्पद हार ब्यहोरेको छ । पाँच खेलको श्रृङ्खला अन्तर्गत अन्तिम खेलमा टस जितेको वेष्ट इण्डिजले इंग्ल्याण्डलाई ब्याटिङको निम्तो दियो ।
उत्कृष्ट बलिङ गर्दै वेष्ट इण्डिजले इंग्ल्याण्डलाई २८.१ ओभरमा ११३ रनमा प्याक र्गयो । इंग्ल्याण्डका कुनै पनि खेलाडीले २५ रन बनाउन सकेनन् । बरु चारजना खेलाडी डकआउट भए । आठ जना खेलाडी क्याच आउट भएका थिए ।
ओशेन थोमस एक्लैले पाँच विकेट लिए । ज्यासन होल्डर र कार्लोस ब्राथह्वाइटले २–२ विकेट लिए । ११४ रनको सानो लक्ष्य इण्डिजले १२ ओभरमै ३ विकेट गुमाएर पूरा र्गयो । क्रिश गेलले २७ बलमा पाँच चौका र नौ छक्का प्रहार गर्दै ७७ रन बनाएका थिए । उनले १९ बलमा अर्धशतक बनाए । उनको यही योगदानका कारण इण्डिजले सहज जित निकालेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  २ : ५० बजे