३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतको जित



एजेन्सी,
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले जित हात पारेको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनीले जित दिलाएका थिए ।जादब र धोनीले १४१ रनको पार्टनरसिप खेल्दै भारतलाई जित दिलाएका हुन् । जादबले ८१ र धोनीले ५९ रन बनाउँदै अविजित रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन बनाएका थिए ।हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेटको क्षतिमा २३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  २ : १६ बजे