३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एम्पाप्पेको लय कायम, पिएसजीले फ्रेन्च लिग वान जित्ने पक्का



एजेन्सी ।

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई हतपति कसैले हल्लाउन सकेको देखिएको छ । लिगामा पिएसजी जस्तो अवस्थामा पनि बलियो देखिएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले शानदार जित निकालेको छ । अवे मैदानमा भएको खेलमा चोटका कारण नेइमार र एडिन्सन काभानी मैदान बाहिर रहे पनि पिएसजी कमजोर देखिएन ।

पिएसजीको जितमा युवा खेलाडी केलियन एमबाप्पेले गोल गरे । उसले काँ लाई २–१ ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औँ मिनटमा निन्गाले काँका लागि गोल गरे ।

पछि परेको पिएसजीका लागि ५९ औँ मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पेले बराबरी गोल गरे । ८७ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी विजयी भयो ।

जितपछि उसले दोस्रो स्थानको लिलेसँगको अंक दूरी २० बनाएको छ । २६ खेलबाट पिएसजीको ७१ तथा लिलेको ५१ अंक छ । एमबाप्पेले लिगमा यो सिजन २४ गोल गरेका छन् । उनले पिएसजीबाट गरेको कुल गोलको संख्या ५० पुगेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १ : ४५ बजे