३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लिभरपुललाई उछिन्यो सिटीले



एजेन्सी,

साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बोर्नमाउथलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित रहेको खेलमा म्यानचेस्टर सिटीका लागि महत्वपूर्ण जित दिलाउने गोल दोस्रो हाफमा रियाद महरेजले गरे । महरेजले ५५ औँ मिनेटमा गरेको गोलले सिटीको जित निश्चित गरेको हो ।

महरेजले यो सिजन सिटीका लागि ११ गोल गरेका छन् । जितपछि २९ खेलबाट ७१ अंक बनाएको सिटी शीर्षस्थानमा पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६९ अंक छ र उ कम्तिमा एक दिनका लागि दोस्रो स्थानमा झरेको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको टोटनह्याम आर्सनलसँग १–१ को बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरेका हुन् । त्यसअघि १६ औँ मिनेटमा आर्सनलका लागि आरोन राम्सीले गोल गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १ : ३७ बजे