३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मदरसामा कार्यरत शिक्षकहरुका लागि तालिम संचालन



राम प्रघट कोरी, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको मदरसामा कार्यरत शिक्षकहरुको अभिमुखिकरण तालिम हरिबोध प्राविमा संचालन भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आयोजना, विजयनगर गाउँपालिकाको सहयोगमा तालिम सुरु भएको हो । तालिमको ब्यानर पढेर नेपाल शिक्षक सङ्गठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले उद्घाटन गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मदरसाहरुलाई मूल शिक्षामा ल्याउनको लागि मुस्लिम सामुदायलाई पनि शिक्षामा पहुँच पु¥याउने मुख्य उदेश्यका साथमा तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिममा शैक्षिक सामग्री निर्माण, सेनेटरी प्याड बनाउने लगायतको बारेमा सीप सिकाइने बताइएको छ । तालिममा विद्यालयका प्रधानाध्यापक, मदरसाका मौलना, शिक्षकहरुको सहभागिता छ ।


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला अध्यक्ष रमेश पन्थीको अध्यक्षता, केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख अतिथित्यता, केन्द्रिय उपाध्यक्ष कमला थापा, केन्द्रिय उपाध्यक्ष बद्रे आलम, कोषाध्यक्ष बिष्णु भण्डारी, पूर्वअध्यक्ष तथा नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगायतको अतिथ्यता रहेको थियो । उत्तम बहादुर कोरीको स्वागत मन्तव्य, शिवराज सुवेदीको सञ्चालनमा तालिमको उद्घाटनसत्र चलेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ४ : ४५ बजे