३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बाणगंगामा अण्डाको नयाँ मूल्य निर्धारण, सस्तियो कि मंहगीयो ?



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अण्डाको नयाँ मूल्य निर्धारण गरिएको छ । वाणगंगा अण्डा उत्पादक किसान संघको शनिबार बोडगाउँमा बसेको चौथो बैठकले अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य मूल्य अनुसार अब ठुलो अण्डाको मूल्य प्रतिपेटी २ हजार र मध्ययम अण्डाको मूल्य प्रतिपेटी १ हजार ८ सय रुपैयाँ कायम भएको छ । संघले गरेको निर्णय यदि कसैले उलंघन गरेर कारोबार गरेको पाइए कडा कारबाही हुनेसमेत सचिव भूवन पोख्रेलले जानकारी दिनुभयो ।
अण्डाको नयाँ मूल्य अनुसार कारोबार गर्न पनि संघले अण्डा उत्पादक किसानलाई आग्रह गरेको छ । यस्तै उपभोक्तालाई पनि अण्डाको नयाँमूल्य बारे जानकारी लिँदै कसैले ठगेको पाइए आफूहरुलाई जानकारी गराउन संघले आग्रह गरेको छ । खुला सिमानाको फाइदा उठाउँदै अवैध अण्डा विक्रि वितरण गरेको पाइए पनि संघलाई जानकारी गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
संघका अध्यक्ष आत्मराम बेल्वासेको अध्यक्षतामा बसेको बैठकमा संघका उपाध्यक्ष रामप्रसाद पौडेल, सहसचिव बाबुराम पौडेल, राजेन्द्र अधिकारी, लोकनाथ घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ३ : ३५ बजे