३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अपडेटः अनिता पौडेलका आफन्त आक्रोशित, एक दुई दिनमै आन्दोलन गर्ने तयारी



मायादेवी अनलाइन, वाणगंगा । 

अनिता पौडेलको हत्या भएको नौ दिन वितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन नसकेको भन्दै परिवार आक्रोसित बनेका छन । घटना घटेको लामो समय हुँदा पनि प्रहरी अनुसन्धान फितलो भएको भन्दै पीडितका आफन्तले आक्रोस पोखेका हुन । रेडियो मायादेवी संग कुराकानी गर्दै अनिताका आफन्तले अब एक दुई दिनमा प्रहरीले सत्य कुरा नबताए आन्दोलनमा जाने चेतावनी दिएका छन ।

अनिताकी फूपु मनकला चुँदालीले छिटो भन्दा छिटो न्याय दिन माग गर्नुभएको छ । जघन्य अपराध गर्नेहरु अझै पत्ता लाग्न सक्नु दुखद रहेको भन्दै उहाँले अबको दुई दिन भित्र दबाद स्वरुप आन्दोलन गर्न लागेको जानकारी दिनुभयो । आन्दोलन स्वरुप परिवार, आफन्त र स्थानीय मिलेर इलाका प्रहरी कार्यालय पिपरा घेराउ गर्न बाध्य हुने उहाँको भनाई छ ।

साथै चुँदालीले जिल्लामा भएको जघन्य घटना प्रति सरोकारवाला निकाय मौन रहेको भन्दै दुखेसो पोख्नुभयो । उहाँले रेडियो संग कुराकानी गर्दै भन्नुभयो, के भयो भनेर सहानुभूती दिन आउने त टन्नै भए तर, घटनाको सत्यतत्य पत्ता लगाउन प्रहरीलाई दबाब दिने कोही भएनन ।

यस क्षेत्रका राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र अन्य व्यक्तिहरु पनि घटना प्रति संवेलशील नरहेको उहाँको आरोप छ । यता प्रहरीले भने घटनाको सत्य तथ्य पत्ता लगाउन अहोरात्र खटिरहेको जनाएको छ ।

अनिताको हत्या गोली हानी नभएर धारिलो हतियारबाट भएको पोस्ट्मार्टम रिर्पोट दुई दिन अघि मात्र आएको छ भने यो नौ दिन सम्म प्रहरीले घटनाको कारणबारे अरु कुनै जानकारी बाहिर ल्याएको छैन । घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेकोछ  । अनिताका आफन्तले घटनाको सत्यतथ्य छानविन भएर दोषि पत्ता नलागे सम्म शव नबुज्ने अडान लिदै आएका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  २ : ०४ बजे