३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

२ सय ७६ बिपन्न परिवारलाई प्रकोप तयारी तथा न्यानो कपडा



मायादेवी अनलाइन, कपिलवस्तु ।
रुपन्देहीको लुम्बिनी सांस्केतिक नगरपालिका वडा नम्बर ९ का २ सय ७६ बिपन्न परिवारलाई प्रकोप तयारी तथा न्यानो कपडा बितरण गरिएको छ । कतार च्यारेटीको सहयोगमा कपिलस्तुको लिडो नामक संस्थाले सो बाँडेको हो । रुपन्देहीको मायादेबी गाउपालिका– ४ मा आयोजित कार्यक्रममा उनीहरुलाई उक्त सामान बाँडिएको थियो ।
प्रत्येक परिवारलाई एक एक थान ब्ल्याङकेट, सिरक, पिफर्म, डसना झुल र त्रिपाल गरी ५ वटा सामानको सेट दिईएको थियो । बिपन्न परिवारलाई सांसद तथा लिडो संस्थाका अध्यक्ष अतहर कमाल, समाजसेबी माहोम्द सईद खा, वडा अध्यक्ष माहोम्द सयफ लगायतले उक्त सामानको सेट हस्तान्तरण गरेका थिए । प्रति परिवारलाई करिब १० हजार लागतको सामान दिईएको अध्यक्ष कमालले बताए ।
कुल २७ लाख बढीको सामान बाडिएको छ । सामान बितरण अघि बडा कार्यालयले उनीहरुको लिखित सिफारिस गरेको थियो । सांसद कमालले गरिबी तथा बिपन्न परिवारलाई सहजताका लागि उक्त सामान बितरण गरिएको बताए । सो सामान पाएर निकै हर्षित भएका सय बर्षिय सिताराम धोबीले ८ जनाको परिवारमा खुशी ल्याएको बताए । कार्यक्रममा लुम्बिनी आईडल युवा क्लव लगायतको समेत सहकार्य रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  १ : ४२ बजे