३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

“इजि ए वान क्वीज सिजन टु”, शिवराजमा सनराइज प्रथम



मायादेवी अनलाइन, कपिलवस्तु ।
“इजि ए वान क्वीज सिजन टु” अन्तर्रगत शिवराज नगरपालिका स्तरीय छनौटमा चन्द्रौटाको सनराइज इंग्लिस बोर्डिङ स्कूल विजयी भएको छ । नगरका सरकारी तथा निजी ८ विद्यालयलाई पछाडी पार्दै सनराइजले उपाधि जितेको हो ।
प्रतियोगीतामा आवर मदरल्याण्ड एकेडमी चन्द्रौटा दोस्रो र सरस्वती मावि बाँनियाभार तेस्रो स्थान आउन सफल भएका छन् । विजयी प्रतियोगीलाई शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले शिल्ड, मेडल र प्रमाणपत्र दिनुभएको थियो ।
ए वान मिडिया सेन्टरले जिल्लाका ६ ओटा नगरपालिकाका प्रतियोगीता आयोजना गरेको छ । जस अन्तर्रगत शिवराज नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीता नगरपालिकाको संयोजनमा हुँदै आएको छ । कार्यक्रममा उपाधि विजेतालाई विजेतालाई शुभकामना दिदै शिक्षा शाखा प्रमुख विश्वकर्माले हाजिरीजवाफ प्रतियोगीता विद्यार्थीहरुको लागि निकै फलदायी हुने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
शिवराज नगरपालिकालाई शिक्षामा नमुना बनाउनको लागि आफूहरुले विशेष योजना बनाइरहेको भन्दै उहाँले सबै नीजि तथा सामुदायिक विद्यालयलाई गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । एवान मिडिया सेन्टरले जिल्लास्तरीय हाजिरीजवाफ उत्कृष्ट हुने जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै फफुरी इङलिस बोर्डिङ स्कुलकी प्रिन्सिपल फाराह चौहानले आफ्नो विद्यालयमा कार्यक्रम भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै कार्यक्रममा शिवगढी इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल तोयनाथ गैरे, सनराइज बोर्डिङ स्कूलका प्रिन्सिपल दिपक बेल्वासे लगायतले बोल्नुभएको थियो ।
ए वान् मिडिया सेन्टरका अध्यक्ष दीपक अनुरागीको अध्यक्षता, सल्लाहकार चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न हाजिरी जवाफको संचालन निर्देशक दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।
मिडिया सेन्टरले पहिलो चरणमा जिल्लाका ६ वटै नगरपालिकामा छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ । अब तिन वटा नगरपालिकामा कार्यक्रम गर्न बाँकी छ । सबै नगरपालिकाबाट उत्कृष्ट हुनेले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
फाइनलमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुले उनीहरुकै रोजाइमा बुटवलको होराइजन, एभरेष्ट र कपिलवस्तुको पारिजात स्कुलमा उच्च शिक्षामा पूर्ण छात्रवृत्ति पाउने छन् । प्रतियोगीतको मुख्य प्रायोजक क्यापिटल फुड्स प्रा.लि. रहेको छ । क्यापिटलले इजि चाउचाउ लगायतका चाउचाउका ब्राण्ड उत्पादन गर्दै आएको छ । इजि चाउचाउ प्रतियोगीताको टाइटल प्रायोजक छ ।

Image may contain: 3 people, including Krishna Prashad Bhattarai, people sitting and indoor

Image may contain: 5 people, people standingImage may contain: 1 person, sittingImage may contain: 8 people, including Toyanath Gaire and Deepak Anuragee, people standing, living room, table and indoorImage may contain: 7 people, including Deepak Anuragee, Chandra Kanta Neupane and Deepen Karki, people sitting and people standing

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  १ : ३७ बजे