३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सल्यानमा गाडी दुर्घटना, १४ घाइते



सल्यान ।
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्। शनिवार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ। घाइतेहरूमध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अन्य घाइतेहरूमा ५ जनाको जिल्ला अस्पताल सल्यान, ५ जनाको श्रीनगरका विभिन्न अस्पताल र २ जनाको थारमारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीय, प्रहरीलगायतको टोलीले घाइतेको उद्दार गरेका हुन्। घाइतेहरूको नाम संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  १० : १५ बजे