१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

हिन्दू राष्ट्र पुनर्स्थापना नभए चैतदेखि आन्दोलनमा जाने कमल थापाको चेतावनी 



लहान ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन्। ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ अन्तर्गत चौथो दिन शनिबार बिहान सिरहाको लहानमा अध्यक्ष थापाले मुलुकको भू(राजनीतिक अवस्था, धार्मिक, साामजिक, सांस्कृतिक, अवस्थालाई मध्यनजर गर्दै राजसंस्थासहितको लोकतन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गरेका छन्।  फागुन ७ मा प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गर्दै उनले फाुगन मसान्तसम्म मागको सम्बोधन नभए चैतदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी संघर्ष गरिने चेतावनी दिए। अध्यक्ष थापाले नेपालको परम्परागत धर्म, संस्कृतिविरुद्ध संगठित आक्रमण भइरहेको दाबी गरेका छन्। उनले भने, ‘नेपालका सनातन धर्महरु हिन्दू, बुद्ध र किरातलाई लक्षित गरी लोभलालच, भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने कार्य तीव्र बनाइएको छ।’ त्यसलाई नरोके नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने र अन्ततोगत्व मुुलुक धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै अध्यक्ष थापाको जिकिर छ। अध्यक्ष थापाले २०६२र६३ को जनआन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्ने नाममा अवलम्बन गरिएका कतिपय नीति तथा अवधारणा त्रुटिपूर्ण भएकाले जनताले व्यवस्था परिवर्तनको अनुभूति गर्न नपाएको दाबी गरे। उनले भने, ‘गरिब झन् गरिब र  धनी झन् धनी हुँदैछन्।’

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ७ : १३ बजे