३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश ५ का ६ जिल्लाको प्रकृतिक स्रोतको दुरुपयोग बारे अनुगमन हुने



बुटवल

प्रदेश ५, को सार्वजनिक लेखा समितिले आगामी फागुन २५ गते देखि प्रदेशका ६ ओटा जिल्लामा भएका प्रकृतिक स्रोतको दुरुपयोगको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने भएको छ ।प्रदेशसभा सचिवालय बुटवलमा आज बसेको लेखा समितिको बैठकले ३ वटा टोली निमार्ण गरी ६ वटा जिल्लामा रहेका नदिजन्य स्रोत तथा वनजन्य स्रोतको अवैध कारोवार भए नभएको सम्वन्धमा स्थलगत अनुगमनका लागि जान लागेको हो ।
प्रदेश ५, का विभिन्न जिल्लामा ढुंगा, गिट्टी, बालुवा र काठको अबैध कारोबार बढेको भन्ने समाचारहरु प्रकासन प्रसारण भए पछि जिल्ला जिल्लामा संसदीय टोली बनाएर अनुगमनका लागि जान लागेको समिति सभापति डिल्लीबहादुर चौधरीले बताउनुभयो ।एक हप्ता सम्म एउटा टोलीले दुई वटा जिल्ला अनुगमन गर्ने गरी जिम्मेवारी बाँडफाड गरिएको छ । जिल्लाका कुनै पनि खोला, क्रसर, घाटगद्धी नछुट्ने गरी अनुगमन गर्न तीन वटा समूह बनाएको छ ।
नदिजन्य पदार्थको ठेक्का लगाउने निकाय स्थानीय तहहरुले ठेक्का लगाउन ढिलाई गरेको र ठेक्का नलगाएको ठाउहरुबाट समेत अबैध रुपमा त्यसको चोरी निकासी भैरहेको भन्ने सूचना र समाचारहरुका आधारमा त्यसको अनुगमनका लागि टोलि खटाउन लागेको हो । सरकारको राजश्वको महत्वपुर्ण स्रोत नदिजन्य पदार्थको चोरी निकासी र अबैध कारोवारले राजश्वमा ठुलो नोक्सानी हुने भन्दै त्यस्तो भए नभएको यथार्थ प्रतिवेदनका लागि अनुगमन गर्न लागिएको चौधरीले बताउनुभयोे।
प्रदेश नं ५ अन्तर्गत पर्ने तराइका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाके र बर्दीयामा नदिजन्य पदार्थ तथा काड जन्य पदार्थमा अबैध उत्खनन् र कारोवार भैरहेको समितिको निस्कर्ष छ । समितिले नदिजन्य पदार्थको अबैध उत्खनन्, अबैध कारोबार भए नभएको, प्रदेश अन्तर्गतका वनहरुबाट काठको चोरी निकासीको अवस्था र क्रसर उद्योगहरु मापदण्ड अनुरुप सञ्चालन भए नभएको तथा नदिजन्य पदार्थ उत्खनन्कालागि ठेक्का लागे नलागेको बारे अनुगमन गर्ने समितिका सभापति डिल्लीबहादुर चौधरीले बताउनुभयो।
राजश्व चुहावट रोक्नका लागि समितिलाई बढी सक्रियता गराइएको भन्दै सभापति चौधरीले अनुगमनमा जाने टोलीले खोला, जंगल तथा क्रसरहरुको शुक्ष्म अध्ययन तथा अनुगमन गर्ने बताउनुभयो । यस्तैतीन वटा समूहले दुई दुई वटा जिल्लामा रहेका खोला, क्रसर देखि अवैध काढ कारोवार हुने क्षेत्रहरुका अनुगमन गर्ने छ । अनुगमनका लागि बाके र वर्दियामा कुलप्रसाद पोखरेल र विष्णु पन्थी जाने छन भने दाङ र कपिलवस्तुमा रेवतीरमण शर्मा, वसी उद्दिन खान, र गिता थापा र कल्पना पान्डे तथा रुपन्देही र नवलपरासीका लागि पार्वती पुन, तिलकराम शर्मा, बैजनाथ कलवार, युवराज खनाल, कल्पना पाण्डे र विमला पाण्डे जाने गरी टोली वनाइएको सभापति चौधरीले जनाकारी दिनसभयो। सभापति सवै जिल्लाहरुमा पुग्ने गरी समितिका सदस्य सांसदहरु तीन समुह बनाएर अनुगमनमा जान लागेका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ३ : ०२ बजे