१८ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025

दार्चुलामा जिप सडकबाट भीरमा खस्यो, ११ जनाको मृत्यु,१ घाइते, उद्धारमा कठिनाई



दार्चुला,

ताप्लेजुंङ हेलीकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको घटनाका कारण निस्किएकी आँशु नपुछिँदै मुलुकमा फेरि अर्को भयानक दुर्घटना भएको छ । दार्चुलाको राताकाठामा शुक्रबार राति जिप दुर्घटना हुँदा ११ यात्रुको मृत्यु भएपछि त्यसले मुलुकबासीलाई झन् दुखी बनाएको छ ।  से १ ज २८० नम्बरको जिप दुर्घटनामा परेको हो । जिपका चालक दीपक धामी भने गम्भीर घाइते छन्।दार्चुला तिङ्कर सडकखण्डको राताकाठामा शुक्रबार राति ८ बजेतिर यात्रुले भरिएको जिप दुर्घटनामा परेको हो। दुहु गाउँपालिका(३ राताकाठामा दार्चुलाबाट हिकिला गइरहेको जिप सडकबाट भिरमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलबाट जिप चालक दीपकसिंह धामीलाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्यइएको छ। घटनास्थलमा १० वटा शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका  गुल्मपति भिमबहादुर चन्दले जानकारी दिनुभयो । जिपमा १४ जना सवार रहेको प्रहरीको भनाइ छ। जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ। रातको समय भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। चालकबाहेक अन्य घाइते यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ।तीन दिनअघि त्यही क्षेत्रमा सुख्दा पहिरो खस्दा एक जनाएको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ५ : ३३ बजे