२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कृषिमा रुपान्तरण र उद्यमशीलता विकासका लागि साना किसानको १४ बुँदे घोषणा पत्र



काठमाडौं ।
दोस्रो साना किसान सम्मेलनले १४ बुँदे घोषणा(पत्र जारी गरेको छ। दुई दिनसम्म काठमाडौंमा चलेको सम्मेलनको विज्ञ तथा सहभागीको सुझावलाई सम्बोधन गरेर घोषणा(पत्र जारी गरेको हो। कृषिको रुपान्तरण र उद्यमशीलता विकास भन्ने नारासहित दोस्रो सम्मेलनको आयोजना गरिएकोमा यसको लागि आवश्‍यक पर्ने काम गर्न १४ बुँदे घोषणा(पत्र जारी गरिएको हो। २०७१ सालमा गरिएको साना किसान सम्मेलनले कृषि सहकारीको विस्तारलाई प्राथमकिता दिएका थियौँ, हामीले लक्ष्यअनुसार काम गर्‍यौँु साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले भने, दोस्रो सम्मेलनबाट कृषिको रुपन्तारणको लागि आवश्‍यक पर्ने कामलाई घोषणा(पत्रको रूपमा सार्वजनिक गरेका छौँँ। दोस्रो सम्मेलनको क्रममा पहिलोको समीक्षा र उपलब्धिका साथै आगामी योजना तय गरिएको हो। घोषणा(पत्रमा कृषिजन्य पदार्थको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा गर्न युवाहरुको दक्षता अभिवृद्धि गरी व्यावसायिक कृषि उत्पादन तथा उद्यममा संलग्न हुन पूँजी उपलब्ध गराई प्रोत्साहनसहित सहयोग गर्ने उल्लेख गरिएको छ। त्यस्तै केन्द्रीयस्तरमा एक ज्ञान तथा अन्वेषण कोष को स्थापना गरी आवश्यक तालिम, विकास र अनुसन्धानका सेवाहरू उपलब्ध गराउने व्यवस्था मिलाउने बताइएको छ। काठमाडौंमा बिहीबार र शुक्रबार गरिएको सम्मेलनमा एक हजारभन्दा बढी साना किसानका प्रतिनिधि तथा २०० भन्दा बढी विज्ञ, विशेषज्ञ, दातृ निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साना किसान सहकारी संघसँग ६९ जिल्लामा ९२० सहकारी संस्था आवद्ध छन् । यो अवधिमा साना किसान लघुवित्त वित्तिय संस्थाबाट १७ अर्ब रूपैयाँ र सहकारीको बचतसमेत गरी किसानमा ४५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको पाठकले जानकारी दिए। उनले किसानका व्यवसाय विस्तारसँगै कर्जा आवश्यकता बढेको भए पनि लघुवित्त बैंकलाई राष्ट्र बैंकले कर्जाको सीमा तोकेकाले आवश्यकताअनुसार कर्जा लगानी गर्न नीतिगत अप्ठ्यारो रहेको प्रष्ट्याए। साना किसान लघुवित्त वित्तिय संस्था, नेपाल कृषि सहकारी संघ र साना किसान सहकारी संस्थाको अगुवाईमा हुँदै आएको सम्मेलनको तेश्रो शृंखला आगामी पाँच वर्षपछि आयोजना गरिने भएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : २९ बजे