३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अनाथ तथा बिपन्न बिद्यार्थीलाई छात्रबृत्ति



कपिलवस्तु ।

कपिलवस्तुमा अनाथ र बिपन्न बिद्यर्थीलाई १६ लाख १ हजार छाबृत्ति बाडिएको छ । कतार चेरिटीको सहयोगमा लिडो नामक संस्थाले तौलिहवामा ३९ अनाथ र २ बिपन्न बिद्यर्थीलाई छात्रबृत्ति हस्तान्तरण गरेको हो । प्रति बिद्यार्थी ३१ हजार ८६ का दरले छाबृत्रि उपलब्ध गराईएको लिडा संस्थाकी प्रबन्धक सुनिता बेल्बासले बताईन । जिल्लाका मदर्सा र बिभिन्न बिदालयमा अध्ययरत उनीहरुलाई छनौट गरी छात्रबृत्ति दिईएको बेल्बासले बताईन । यतै सोही अवसरमा नौ जा समाजिक परिचालकलाई समेत ६८ ह जार ५ सयका दरले सहयोग दिईएको कार्यक्रम संयोजक जियाउर रहममान खाले बताए । सबैलाई सो चेकबाट रकम प्रदान गरिएको थियो । प्रबन्धक बेल्बास र कार्यक्रम संयोजक खाले उनीहरुलाइृ चेक हस्तान्तरण गरेका थिए । अनाथ र बिपन्न बिद्यार्थीलाई अध्ययनमा सहजताकालागि सो रकम प्रदान गरिएको कार्यक्र,म संयोजक खाले बताए । छात्रबृत्ति पाए पछि बिदार्थीहरु हर्षित बनेका छन । मनखोरिया स्थित मदरसा मिसाउल उलुम कक्षा ३ मा अध्ययरत अयशा खातुनले छात्रबृत्तिले आफुलाई पढन सजिलो हुने बताईन । सानो छदै बुवा गुमाएकी खातुनले पाएको रकमले कापी कलम, किताब ड्रेस किन्ने बताईन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : ०८ बजे