३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुमा यस वर्ष ७८ जना विद्यार्थी एसईइबाट बंचित



कपिलवस्तु ।
यस बर्ष चैत १० गतेबाट संचालन हुने एसइइमा कपिलवस्तुमा ७८ जना बिद्यार्थी परीक्षा दिन बाट बंचित भएका छन् । शिक्षा नियमावली अनुसार परीक्षा शुल्क र बिद्यालयमा नियमित अनुपस्थित भए पछि ती बिद्यार्थीहरु एसईई परीक्षा दिन नपाउने भएका हुन । अभिभाव र बिद्यार्थीको लापरबाहीले उनीहरु परीक्षाबाट बंचित बनेको शिक्षा कार्यालयले बताएको छ । बिद्यालयमा शिक्षा नियमवाली अनुसार अनुपस्थित र परीक्षाको शुल्क नतिर्दा उनीहरु एसइई परीक्षा दिन नपाउने जिल्ला शिक्षा तथा समन्वय ईकाका अधिकृत अर्जुन कुवरले बताए । बिद्यालयहरुले नै उनीहरुलाई अयोग्य घोषित गर्दै एसएलसीको नामावलीबाट हटाएर शिक्षामा बिवरण पठाएको हो । शिक्षा नियमावली अनुसार बिद्यार्थीहरु बिद्यालयमा ७५ प्रतिशत हाजिर हुनु पर्ने तोकिएको सयम भित्र फारम शुल्क बुझाउनु पर्ने प्रावधान छ । शिक्षा बिभागले ७ बर्ष अघि सेन्टअप परीक्षा खारेज गर्दै बिद्यालयमा ७५ प्रतिशत हाजिर हुने बिद्यार्थलाई अनिवार्य पास गर्नु पर्ने प्रावधान बनाएको थियो । जस अनुसार गत असारमा फारम भरे पनि बिद्यालयमा हाजिर नभएकाले उनीहरुलाई परीक्षामा सामेल हुन पाएनन । उता यस बर्षको एसइई परिक्षामा ७८ सामुदायिक र ४४ संस्थागत गरी जिल्लाका १ सय २२ बिद्यालयबाट ७ हजार १०९ जना परिक्षा दिने ईकाई प्रमुख बावुराम भट्टराईले बताए । नियमित ६ ह जार ४०९, ईक्जमान्टेड ४ सय ३८ र प्राबिधिक ४ सय २८ जना परीक्षार्थी छन । परिक्षाकालागि २९ वटा केन्द्र कायम गरिएको छ । गत बर्ष २८ परिक्षा केन्द्र रहेकोमा यस बर्ष दुधाधारी माबि गुगौलीमा परिक्षा केन्द्र थप भएको हो । सबै भन्दा बढी ।रामगोर्खा उमाबि केन्द्रमा ३ सय २३ र सबै भन्दा कम महेन्द्र माबि कोपवमा १ सय ५६ जना परीक्षार्थीृ रहेको प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ५८ बजे