३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मायादेवीमा प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड कप सुरु



थानेश्वर अधिकारी, कपिलवस्तु ।
मायादेवी गाउँपालिकाको आयोजनामा शुक्रबार देखी पकडीमा प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड कपको शुभारम्भ भएको छ । मायादेवी गाउँपालिका भित्रका ६ वटा बिद्यालयको सहभागिता रहेको सो कार्यक्रममा दौड प्रतियोगिता, भलिवल प्रतियोगिता, कपर्दी प्रतियोगिता, लङ जम्प, त्रिपलजम्प, हाइजम्प, ज्याब्लिङ थ्रो, सटपुट थ्रो जस्ता कार्यक्रम आयोजना गरिएको खेलकुद समितिका सदस्य हिन्दराज चौधरीले जानकारी दिनुभएको छ ।
सो प्रतियोगितामा छत्रदेवी तिर्थापाली उच्च मा.वि.,पकडी, लाइट अफ एसिया, बर्रोहिया, जनता मा.वि., बलुहवा ,स्वतन्त्र मा.वि., माउण्ट एभरेष्ट एकेडेमी, पकडी, रतनपुर,मुनेश्वर मा.वि.,बहरवाँसीका बिद्यार्थीले भाग लिएका छन् । प्रतियोगितामा राजेश शाक्य, दिनेश अर्याल, मनिष कार्की, गौतम शाक्य , प्रदिप कहारले मुख्य प्रशिक्षकको भुमिका निर्बाह गर्नु भएको छ ।
आज देखी फाल्गुन १९ गते सम्म संचालन हुने सो कार्यक्रमको आज मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र प्रदेश सांसद सहषराम यादवले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सांसद यादवले गाउपालिकाले आयोजना गरेको प्रतियोगिता स्रहानिय भएको बताउनुभयो । उहाले गाउपालिकालाई खेलकूद क्षेत्रमा विकास गर्नको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रम मायादेवी गाउँपालिकाको अध्यक्ष बजरंगी प्रसाद कुर्मीको अध्यक्षता, प्रदेश सांसद सहषराम यादवको प्रमुख आथित्यता रहेको कार्यक्रममा अथितिका रुपमा मायादेवी गाउँपालिका उपाध्यक्ष गीता तिवारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वडा नं १ का वडाध्यक्ष हरिगोविन्द चौधरी, वडा नं ६ का वडाध्यक्ष संदिप चौधरी, बिद्यालयमा प्रधानाध्यापक, समाजदेवी बुद्धिजिवी लगायत रहनु भएको सो कार्यक्रम श्रोत व्यक्ति रमेश पाण्डेयको स्वागत तथा दिलिप यादवको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ३५ बजे