३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि दिन सर्वसाधारणको भीड(फोटोमा जे देखियो)



पोखरा-सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि नेता कार्यकर्तादेखि सर्वसाधारणको भीड लागेको छ।पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा सर्वसाधारणले क्रमबद्ध रुपमा लाइन लागेर श्रद्धाञ्‍जलि अर्पण गरिहरेका छन्।मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओढाएर सम्‍मान व्‍यक्त गरेका छन्।यस्तै नेकपा पार्टीको तर्फबाट नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका छन्।यस्तै प्रदेश सरकारका प्रवक्ता एव भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले मन्त्री अधिकारीको जीवनी वाचन गरेर सुनाएका छन्।मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १० : २१ बजे