३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश १ का पूर्वी पहाडी तथा उच्च हिमाली क्षेत्र हिमपातले सेताम्य



प्रदेश १, मायादेवी अनलाइन ।
केही दिनयता निरन्तररुपमा परेको वर्षासँगै प्रदेश ( १ का पूर्वी पहाडी तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात र असिना परेको छ। हिमपात र असिनाले पहाडी क्षेत्रका डाँडाकाँडा सेताम्य भएका छन्। पहाडी र उच्च हिमाली क्षेत्रमा अध्यधिक चिसो बढेको छ।

चिसोले जनजीवन कष्टकर बनेको छ। वर्षाले किसानलाई केही राहत पुगेको छ। पहाडी क्षेत्रका किसान यतिबेला मकै लगायत खाद्यवाली लगाउते तयारीमा छन्। त्यस्तै उच्च क्षेत्रमा परेको हिउँले आलुखेतीलाई फाइदा पुगेको किसानले बताएका छन् ।
धनकुटाका माथिल्लो भाग सिँधुवा, चित्रे डाँडा, पटेक डाँडा, वागथलालगायतका स्थानमा हिउँ परेको छ भने तल्लो भागमा असिनापानी परेको छ।जसका कारण जिल्लामा अत्याधिक चिसो बढेको छ। बिहीबार बिहानदेखि साँझसम्म लगातार वर्षा भयो। धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रडाँडा, परेवादिनको पटेक डाँडा, सिधुवा र जोरपाटी क्षेत्रमा बिहान करिब १० बजे तिर हिउँ परेको सिँधुवाका स्थानीय नवनित खड्काले जानकारी दिनुभयो ।

चिसोका कारण पानी नै जम्ने र दैनिक क्रियाकलापमा बाधा हुन थालेको छ।पाँचथरको पौवाभञ्ज्याङ, सुकेपोखरी, साधुटार, सन्दकपुर, गोरुवालेभञ्ज्याङ, साधुटार, चिवाभञ्ज्याङ, फालोट, तीनसिमानालगायतका क्षेत्रमा यो वर्ष पटक(पटक हिमपात भएको हो। यो साल पहाडका तल्लो क्षेत्रका बस्तीसम्म हिउँ परेको हो।

१० वर्ष लामो अन्तरालपछि यो वर्ष भोजपुरमा पनि बाक्लो हिमपातसँगै वर्षा भएको छ। जिल्लाका मैयुङ, टेम्के, चखेवा, सुन्तले, हाँसपोखरीलगायत उच्च भेगमा बाक्लो हिमपात भएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : २६ बजे