३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काठमाडौंमै बोक्सीको आरोपमा महिलामाथि कुटपिट, पन्यु तताएर डामियो



काठमाडौं ।
बोक्सीको आरोपमा एक महिलालाई यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ। उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन्। पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ। पीडित महिलाले आफूलाई कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० वशन्त लामाले बताए। काठमाडौंको मुटु न्युरोडको भिमसनस्थानमै एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट हुन दुखद् भएको लामाको लामाले बताए। यस्तो छ, घटना प्रहरीकाअनुसार पीडित महिला दोलखा तामाकोशी गाउँपालिका(४ की रस्मी उपरकोटी हुन्। उनी न्यूरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी छिन्। रम्मी आइतबार बेलुका करिब नौ बजे आफ्नो तीन महिनाको बच्चालाई सन्चो नभएपछि भीमसेनथानस्थानमा रहेको माताको आश्रममा पुगेकी थिइन्। माताले बच्चाको आमालाई नै बोक्सी भएको भन्दै सोमबार राति एक बजेसम्म पन्यु तताएर शरीरको भिविन्न भागमा डामेकी थिइन्। प्रहरीका अनुसार तताएको पन्युले डाँमेर घाइते भएकी रम्मीलाई उपचारको लागि वीर अस्पताल पठाइएको थियो। उनी दुई दिनपछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीको भनाइ छ। बोक्सी आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार कसूर हेरी छ महिना देखि पाँच वर्षसम्म जेल सजाय र पाँच हजार देखि २० हजार सम्म जरिवना रहेने व्यवस्था गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ४६ बजे