३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

उच्च वायुमण्डलको मौसमी अवस्था थाहा पाउन आजदेखि फेरि बेलुन उडाउने



काठमाण्डौ ।

उच्च वायुमण्डलको मौसमी अवस्था थाहा पाउन आजदेखि रेडियसन जडित बेलुन फेरि उडाउन थालिएको छ । कीर्तिपुरबाट रेडियसनजडित बेलुनमा हाइड्रोजनन ग्यास भरेर उच्च वायुमण्डलमा पठाउन थालिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यो बेलुनमा जोडिएको रेडियसनले उच्च वायुमण्डलमा पुगेर त्यहाँको मौसमी गतिविधिबारे थाहा दिने र यसले मौसम पुर्वानुमान गर्न सहज हुने उहाँले बताउनुभयो । बेलुनमा जडिन रेडियसनले जमिनदेखि वायुमण्डलको भ्रमण गर्दा पानी पर्नका लागि विकसित हुने मौसमी अवस्थाको बारेमा थाहा हुने हुँदा यसले मौसम पूर्वानुमान सहज हुन्छ । रेडियसन प्रयोग नहुँदा माथिल्लो वायुमण्डलको अवस्था थाहा पाउन भारतको तथ्याङकमा भर पर्नुपरेको मौसमविद कँडेलले बताउनुभयो । गएको असार ६ गते वायुमण्डलको अवस्था थाहा पाउन नेपालमै पहिलोपल्ट बेलुन उडाइएको थियो ।

तर ग्यास रसायन अभाव भएपछि उडाउन रोकिएको बेलुन आजदेखि फेरि उडाउन थालिएको हो । यो बेलुन एकपटक उडाउन झण्डै २५ हजार रुपैयाँ खर्च लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ६ : ४७ बजे