२९ चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

नेकपा संसदीय दलको बैठक आह्वान



काठमाडौं ।
सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। नेकपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो साढे १ बजे बोलाइएको नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित हुनेछ। ताप्लेजुङको सिस्नेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो। मन्त्री अधिकारी नेकपाका केन्द्रीय सदस्य तथा कास्कीबाट संघीय संसद प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ६ : ३१ बजे