३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आईसीसी टी–२० वरियतामा नेपालका तीन खेलाडी, को– कति नम्बरमा ?



काठमाण्डौ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी०ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आईसीसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महिना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ३८ औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महिना पारस ९०औँ स्थानमा थिए ।
यूएईमा सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् ।
अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५० औँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औँ स्थानमा थिए । त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  ५ : ५३ बजे