७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

हात्तीपाइले रोग विरुद्धको अभियान सुरु, सांसद र मेयरले खाए औषधि



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा आजबाट हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा फाइलेरिया अर्थात हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम एकसाथ सुरु भएको हो ।

बाणगंगा नगरपालिकामा आज सि एण्ड सि हस्पिटलबाट अभियान सुरु भएको छ । प्रदेश सांसद विष्णु पन्थी, नगर प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख  चक्र अर्याल, वडा नम्बर ४ का अध्यक्ष गणेश क्षत्री लगायतले औषधी खुवाएर कार्यक्रमको शुभारम्भ भएको हो । नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण घिमिरे, स्वास्थ्य फोकल पर्सन कमल ज्ञवाली र स्वास्थ्यकर्मीले उहाँहरुलाई औषधी खुवाउनु भएको थियो ।

अहिले पनि सर्वसाधारणले औषधी सेवन गरिरहेका छन् । हात्तीपाइले रोग लागेपछि निको हुन गारो हुने भएकाले अनिवार्य रुपमा औषधी सेवन गरेर हात्तीपाइले रोगबाट बच्न जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाबासिमा अनुरोध गरेको छ । जिल्लामा अझै पनि साढे १२ प्रतिशत हात्तीपाइले रोगको संक्रमण रहेकाले यस वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधीको खुवाउने अभियान सुरु गरिएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ११ : १९ बजे