मायादेवी अनलाइन, ओदारी ।
वाणगंगा नगरपालिकाले विभिन्न कृषि सहकारी तथा फर्महरुलाई पम्पसेट तथा पानी तान्ने मोटरसेट वितरण गरेको छ । नगरपालिकाको ८५ प्रतिशत अनुदान तथा सम्बन्धित सहकारीको १५ प्रतिशत लगानीमा सो सामग्री वितरण गरिएको हो ।
वडा नम्बर ११ मा सम्पन्न कार्यक्रकमा ३० वटा कृषि सहकारी तथा कृषि फर्मलाई सो सामग्री वितरण गरिएको हो । २५ सहकारी तथा कृषि फर्म लाई २५ थान पम्पसेट वितरण गरिएको छ भने ५ वटा सहकारी तथा कृषि फर्मलाई ५ सेट मोटर वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मंगलप्रसाद थारुले किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्वरोजगार बनाउन आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रम ल्याउने बताउनुभयो ।
कार्यक्रम कृषि सेवा शाखा वाणगंगाका प्रमुख चन्द्रराम चौधरीको अध्यक्षता, उपमेयर चक्र अर्याल, वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको विशिष्ट आतिथ्यता र वाणगंगा नगरपालिका कृषि प्राविधिक धनिराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
१५ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया