मायादेवी अनलाइन, बोडगाउँ ।
उन्नती माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोडगाउँले बीमा क्षतिपूर्ती वितरण गरेको छ । मंगलबार ओदारीमा भएको कार्यक्रममा उन्नतीले बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो ।
समूहका सदस्य तथा अभिभावकहरुको उपस्थितीमा क्षतिपूर्ति रकम बितरण गरिएको माइक्रो फाइनान्सले जनाएको छ ।
समूहकी सदस्य मीना बि.क.को सवारी दुर्घटनामा मृत्यु भएको थियो । विकलाई माइक्रो फाइनान्सले रकम दिएको हो ।
फाइनान्सका शाखा अधिकृत भद्र बहादुर बोहराले मीनाका श्रीमान रन बहादुर विकलाई चार लाख १० हजार ८ सय ५ रुपैया वितरण गरेको जानकारी दिनुभयो ।
१४ फाल्गुन २०७५ मंगलबार ००:००
4
Shares
प्रतिक्रिया