मायादेवी अनलाइन, बुटवल
प्रदेश ५ को स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुम्बिनी राख्न सुझाव आएको छ । रुपन्देहीका राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि र सर्बसाधारणले सुझाव संकलनको क्रममा सो सुझाएका छन् । प्रदेश नम्वर ५ को स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समिति अन्र्तगतको संसदीय सुझाव संकलन समितिले सोमबार भैरहवामा राखेको रुपन्देही जिल्लास्तरीय सुझाव संकलनका सहभागिहरुले प्रदेशको नाम लुम्बिनी र रुपन्देहीलाई नै स्थायी बनाउन सुझाव दिएका हुन् । गौतमबुद्धसंग जोडिएकोले प्रदेशको नाम लुम्बिनी र सबैको लागि सुगम र पुर्वाधारहरु पर्याप्त भएकाले स्थायी राजधानी बुटवल नै उपयुक्त हुने भन्दै सुझाव दिइएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा सुझाव दिन उपस्थित भएका नेता, जनप्रतिनिधि तथा सर्बसाधारणले छिटो नामाकरण र स्थायी राजधानिी घोषणा गरेर बिकास निर्माणमा जुटन प्रदेश सभाका सदस्यहरुलाई आग्रह गरेका छन ।
यी विकल्पमध्ये अन्य बिषयमा नफसी चाँडो प्रदेश राजधानी विवाद समाधान गर्न उनीहरुले सुझाएका छन् । प्रदेश सभा सदस्यहरु यस विषयमा बाझिएको हुनाले त्यसले विवाद मात्र सिर्जन गर्ने भएकाले सबैले एक मत यही विकल्पमा छलफल गर्नु पर्ने बताए । कार्यक्रममा रुपन्देहीका नगरपालिकाहरुको तर्फबाट बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी, गाउपालिकाहरुको तर्फबाट सुद्धोदन गाउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, उद्योगि व्यवसायीहरुको सस्थाका तर्फबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, संघ सस्थाको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देृहीका सचिव कमल रायमाझि, नेकपाका प्रतिनिधि भट्टराई, काग्रेसका तर्फबाट दिपक क्षेत्री न्यौपाने, राष्टिय जनमोर्चाका बद्रे आलम लगायतले सुझाव दिनु भएको थियो ।
सुझाव संकलनको लागि खटिएको टोलीका सदस्य एवं प्रदेश सभा सदस्य सरस्वती गौतमले प्रदेशको नाम र राजधानीको काम अगाडि बढ्न नसकेको गुनासो आइरहेकोले सुझाव संकलन गरी समितिले संम्भाबित स्थान र नाम शिफारिस गर्ने बताउनु भयो ।
रुपन्देहीमा सुझाव संकलन कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रि लिला गिरी, प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ, कृष्ण न्यौपाने, सन्तोष कुमार पाण्डे, फकरुद्दिन खाँ,पुक्ष्पा चौधरी,बिमला पन्थी, कमला बिक, लगायत रुपन्देहीबाट प्रत्यक्ष निर्वा्चित तथा समानुपातिक प्रदेश सभा सदस्यहरु, रुपन्देहीका जिल्ला समन्वय समितिका प्रमुख एकराज बिक लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया