७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

फागुनमा हुने स्ववियु चुनाव स्थगित, फेरी अर्को मिति सार्वजनिक हुने सम्भावना



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव फागुनमा नहुने भएको छ ।

फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धा्रित समयमा त्रिविले चुनाव गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा चुनाव गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले सार्न थालेको हो । २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो ।

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु चुनाव गर्न नसकिने बताउनुभयो । उहाँले सबै विद्यार्थी सङ्गठनलाई सहभागी गराउने गरी चैतमा चुनाव गर्ने बताउनुभयो । उहाँले कुनै सङ्कायको परीक्षा नपर्ने गरी चाँडै नै कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । त्रिविले अहिले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षाको कार्यतालिका माग गरेको छ ।

“हामीले सबै डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरी परीक्षाको कार्यतालिका माग गरेका छौँ”, उहाँले भन्नुभयो, “परीक्षाको कार्यतालिका हेरेर कसैको परीक्षा नपर्ने गरी हामीले चुनावको कार्यतालिका प्रकाशित गर्छाैँ ।”

त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनावको तयारी गर्न निर्देशन दिइसकेको छ । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त गरी करिब एक हजार क्याम्पसमा स्ववियु चुनाव हुने गरेको छ । दुई-दुई वर्षमा गरिने निर्वाचन २०६५ यता त्रिविमा विद्यार्थी सङ्गठनका कारणले पूर्ण रूपमा हुन सकेको छैन

प्रकाशित मिति : १३ फाल्गुन २०७५ सोमबार ००:००  ११ : २८ बजे