रौतहट ।
चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तर्रा्ष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ। सितोरियो कराँते संघ रौतहटका आयोजनामा फागुन १७ र १८ गते हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका करिब चार सय जना खेलाडी सहभागी हुने सघंका अध्यक्ष अशोक पहाडीले जानकारी दिए। प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि प्रतिष्पर्धा हुने जनाइएको छ। प्रदेश २ मै पहिलो पटक हुन लागेको अनतर्रा्ष्ट्रिय स्तरको कराँते प्रतियोगितामा आयोजक टिमसहित नेपाल सातै प्रदेशका टिमको सहभागिता रहने छ। प्रतियोगिताका लागि चन्द्रपुर नगरपालिका मुख्य सहयोगीका रुपमा रहेको छ भने टेन्सवर्ग बियर सहप्रायोजक रहेको आयोजक संस्थाका अध्यक्ष पहाडीले जानकारी दिए।
१३ फाल्गुन २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया