मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगाा गोलीकाण्डमा स्थानीय अनिता पौडेलको हत्या भएको तीन दिन हुँदा सम्म हत्यारा नलागेको भन्दै आइतबार स्थानीयले प्रर्दशन गर्ने भएका छन् । पौडेलको हत्यारा पत्ता लगाउन माग गर्दै आज आइतबार बाणगंगा ४ झुगाका स्थानीयले प्रदर्शन गर्ने भएका हुन् ।
आइतबार विहान ९ बजे मृतक अनिता पौडेलको घरमा जम्मा भएर प्रदर्शन सुरु गरी इलाका प्रहरी कार्यालय पिपराअगाडी पुगी धर्ना दिइने जनाइएको छ । घटनाको विषयमा प्रहरीबाट पनि कुनै कुरा बाहिर आउन नसकेको र गाउँमा असुरक्षा महसुस भएको भन्दै आज इलाका प्रहरी कार्यालय पिपरा अगाडी गएर प्रदर्शन गर्ने तयारी भइरहेको टोल विकास समितिका एक सदस्यले जानकारी दिनुभयो ।
विहान नौ बने झुँगा पौडेलको घरमा अनिवार्य रुपमा जुट्न सवैलाई आग्रह गरिएको छ । श्रीमान भारतबाट आउन ढिलाइ भएका कारण तुरुन्त त्यसलाई झिकाएर घटनाको थप अनुसन्धान गर्न स्थानीयले प्रहरसिमक्षा माग गर्ने बताइएको छ । दिन दाहाडै घरमा पसेर अनितालाई नियोजित तरिकाले हत्या गर्दा गाउँको शान्ति सुरक्षामा
पत्ता लाग्न सकेको छैन । कपिलवस्तुको वाणगंगा ४ कुवेरापुर निवासी पौडेलको शुक्रबार राती गोली हानी हत्या भएको थियो । शुक्रबार राती पाहुँना बनि आएका हतियारधारीले मध्य रातमा अनिताको हत्या गरेका थिए । हत्या भएको झण्डै दुई दिन वित्दा समेत हत्यारा पत्ता लाग्न नसकेको हो । हत्याबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुक्ष्म अनुसन्धान थालेको छ ।
शनिबार दिनभर प्रहरीले संकास्पद व्यक्ति माथि अनुसन्धान थालेको बताइएको छ । हत्या संकाष्पद भएपछि प्रहरीलाई पनि हत्यारा पत्ता लगाउन समस्या भएको छ । प्रहरीले हत्याबारे पौडेलका परिवार र केही नजिकका साथीहरु माथी अनुसन्धान थालेको हो ।
यता पौडेलका श्रीमान विष्णु पौडेल भारतमा बस्दै आएका छन । उनी कान्छि श्रीमतीको साथ भारतमा बस्दै आएको बताइएको छ । हत्याबारे श्रीमानलाई शुक्रबार नै जानकारी गराइएको भएपनि श्रीमान अझै सम्म नेपाल आएका छैनन । विशेष स्रोतका अनुसार श्रीमान शुक्रबार नै नेपाल आउँछु भनेका थिए तर उनी अहिले सम्म नेपाल आएका छैनन भने सम्पर्क पनि हुन नसकेको बताइएको छ ।
यता पौडेलको शव अहिले सम्म पोष्टमार्टम हुन सकेको छैन । पौडेलका माइती पक्षले श्रीमान भारतबाट आएपछि मात्रै अनिताको पोष्टमार्टम गर्ने अडान राखेपछि पोष्टमार्टम हुन नसकेको हो । अहिले उनको शव बुटबलको एक अस्पतालको शवगृहमा राखिएको छ ।
१३ फाल्गुन २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया