मायादेवी अनलाइन, वाणगंगा ।
अनिता पौडेलको हत्या भएको दुई दिन हुँदा सम्म हत्यारा अझै पत्ता लाग्न सकेको छैन । कपिलवस्तुको वाणगंगा ४ कुवेरापुर निवासी पौडेलको शुक्रबार राती गोली हानी हत्या भएको थियो । शुक्रबार राती पाहुँना बनि आएका हतियारधारीले मध्य रातमा अनिताको हत्या गरेका थिए । हत्या भएको झण्डै दुई दिन वित्दा समेत हत्यारा पत्ता लाग्न नसकेको हो । हत्याबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुक्ष्म अनुसन्धान थालेको छ । शनिबार दिनभर प्रहरीले शंकास्पद व्यक्ति माथि अनुसन्धान थालेको बताइएको छ । हत्या शंकाष्पद भएपछि प्रहरीलाई पनि हत्यारा पत्ता लगाउन समस्या भएको छ । प्रहरीले हत्याबारे पौडेलका परिवार र केही नजिकका साथीहरु माथी अनुसन्धान थालेको हो ।
यता पौडेलका श्रीमान विष्णु पौडेल भारतमा बस्दै आएका छन । उनी कान्छि श्रीमतीको साथ भारतमा बस्दै आएको बताइएको छ । हत्याबारे श्रीमानलाई शुक्रबार नै जानकारी गराइएको भएपनि श्रीमान अझै सम्म नेपाल आएका छैनन । विशेष स्रोतका अनुसार श्रीमान शुक्रबार नै नेपाल आउँछु भनेका थिए तर उनी अहिले सम्म नेपाल आएका छैनन भने सम्पर्क पनि हुन नसकेको बताइएको छ ।
यता पौडेलको शव अहिले सम्म पोष्टमार्टम हुन सकेको छैन । पौडेलका माइती पक्षले श्रीमान भारतबाट आएपछि मात्रै अनिताको पोष्टमार्टम गर्ने अडान राखेपछि पोष्टमार्टम हुन नसकेको हो । अहिले उनको शव बुटबलको एक अस्पतालको शवगृहमा राखिएको छ ।
१२ फाल्गुन २०७५ आइतबार ००:००
2
Shares
प्रतिक्रिया