मायादेवी अनलाइन, कपिलवस्तु ।
बेला बेला अज्ञात समूहको गोली प्रहारबाट अशान्त बन्दै आएको कपिलवस्तु शुक्रबार राती पनि अशान्त बन्यो । गत मंसिर पहिलो हप्ता शुद्धोधन गाउँपालिकामा राजाबाबु भनिने दीपेन्द्र चौधरीको अज्ञात समूहको गोली प्रहार गरी हतया गरेको घटना सेलाउन नपाउँदै फेरी वाणगंगामा यस्तो घटना दोहोरीएको छ । वाणगंगा नगरपालिका वडा नं. ४ कुवेरापुरमा गएराती गोली प्रहारको घटनाले जिल्लामा सुरक्षाको चुनौती थपिएको छ ।
गएराती अन्दाजी ११ बजेको समय स्थानीय अनिता पौडेल माथि अज्ञात समूहले गोली हानी हत्या गरे पछि वाणगंगा क्षेत्र अशान्त बनेको छ । स्थानीयका अनुसार पौडेलको घरमा वर्थडे बनाउने तयारी थियो । सोही कार्यक्रममा ती अज्ञातधारी पनि गएका थिए । घटना अप्रत्याशित भयो । मृतक पौडेलले पनि यस्तो होला भन्ने कहिल्यै सोच्ने समेत हुर्मत गर्दैनथिन स्थानीयले भने ।
धैरै पहिला देखि नै एक जना संग पौडेलको हेलमेल थियो । दुवै जना आफन्तको रुपमा एक अर्काका सहयोगी थिए । स्थानीय भन्छन्, ‘गोली प्रहार ती व्यक्तिले गरे अथवा रातको समयमा अरु कोही व्यक्तिले ग¥यो यद्यपि घटना अज्ञात छ ।’ प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ । तर, स्थानीयले पहिला देखि नै हेलमेल हुँदै आएको व्यक्तिले घटना घटाएको हुन भनेर किटानीका साथ भन्न सकिरहेको अवस्था छैन ।
स्थानीयहरु पनि यो घटनाले आर्चश्य चकित भएका छन । स्थानीयका अनुसार वर्थडे बनाउनका लागि कुखुराको मासु इत्यादी पकाएर खाने तयारी थियो । तर, रातको ११ बज्दा एक्कासी त्यो घटना भएछ हामीले विहान मात्र थाहा पायौं स्थानीय भन्छन । अज्ञातधारीले घटना घटाएर अरु कोठाहरुमा पनि चुकुल लगाएर भागेको स्थानीय बताउँछन । गल्लीभरी रक्ताम्य छ । भित्र लत्ताकपडा र भाडाकुँडा छताछुल्ल छन । घटना पश्चात सोही घरमा निवासी एक महिला बाहिर सटर खोलेर निस्कदा उनीहरु मोटरसाइकल चढ्दै थिए । ती महिलाले बोलाउँदा बोलाउदै हतियारीधारी फरार भए । स्थानीयका अनुसार ती हतियारधारीले नजिकैको घरमा पनि गेट लगाइदिएका थिए ।
घटना घटेको थाहा भएपछि स्थानीयबासीले पौडेललाई राती नै कपिलवस्तु सामुदायिक अस्पतालमा ल्याएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको हो । अहिले उनको शव सोही अस्पतालमा राखिएको छ । घटना थाहा पाए पछि सयौं सर्वसाधारण अस्पताल र पौडेलको घरमा जम्मा भएका छन । मृतक पौडेलको कन्चटमा गोली हानिएको बताइएको छ । तर, प्रहरीले भने अझै पुष्टि गरेको छैन ।पौडेल वाणगंगा ४ सिद्धिपुरमा अवस्थित होराइजन माविमा कार्यलय सहयोगीको रुपमा काम गर्थिन ।मृतक पौडेलका ८र ९ वर्षका छोरा र छोरी रहेका छन् ।पौडेलले गजेडहाको एक वोर्डिङ स्कुलमा कार्यलय सहयोगीको रुपमा काम गर्दै आउनु भएको थियो । यता मृतक पौडेलका श्रीमान विष्णु पौडेल हाल भारतमा रहदै आएको वताइएकोछ । करिव ७ वर्षदेखि श्रीमान श्रीमति बीच टकरावपूर्ण सम्वन्धका कारण अदालतमा अंशमुद्धा चलि रहेको अवस्थामा यो हत्या भएको हो ।
प्रतिक्रिया