१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

विषाक्त रक्सीको कारण भारतमा ५० जनाको ज्यान गयो



एजेन्सी । 

भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।

विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो । जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए । एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासि सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ ।

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि गएको दुई हप्तामा विषाक्त रक्सीकै कारण झण्डै एक सय जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  २ : ४६ बजे