१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कपिलवस्तुमा पेट्रोल पम्पको छड्के अनुगमन



कपिलवस्तु ।
नापतौल र गुणस्तरमा बिषमया चर्का अवाज उठे पछि जिल्लाका पेट्रोल पम्पको अनुगमन गरिएको छ । सदरमुकाम तौलिहवाका ४ पेट्रोल पम्पको छड्के अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अगुवाईमा नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारी डिपो र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको टोलीले सदरमुकामका चार पेट्रोल पम्पको छड्के अनुगमन गरेको हो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको प्रशासकिय अधिकृत प्रकाश खनाल, आयल निगमका सिनीयर ल्याब असिस्टेन्ट केशव प्रसाद गौतम र नाप तौल कार्यालयका निरिक्षक गणेश पौडेल सहितको टोलीले अनुगमन गरेको थियो ।
टोलीले शंकर पार्वती आयल स्टोर्स बरदहवा, आदी शक्ति माता आयल सप्लायर्स गोटिहवा, खान आयल टे«डर्स डगरी र उमा टे«डिगं कम्पनी तौलिहवामा अनुगमन गरेको थियो । छड्के अनुगमनका क्रममा आदी शक्ति माता आयल सप्लायर्स गोटिहवामा एउटा पम्पमा १५ मिलिलिटर कम देखिए पनि सो मात्रा मापदण्ड अनुरुपनै रहेको र अन्यमा मात्रामा कुनै समस्या नदेखिएको गुणस्तर तथा नाप तौल कार्यालय बुटवलका निर्देशक गणेश पौडेलले जनाए ।
पेट्रोल पम्पमा ५ लिटरमा १५ एमएल कम कम बेसी भए पनि त्यसलाई सामान्य मानेने आयल निगमका कर्मचारीहरु बताउछन । तर तौलिहवा पेट्रोल पम्ममा प्रति पाच लिटरमा २५ एम एल बढी पेट्रोल दिने गरेको नाप तौलकोक्रममा भेटिएको थियो ।
पम्पले घाटा खाएर बेचेको देखिएको र यसबारेमा निगमलाई कुनै जानकारी नगराईएको पाईएको प्रशासकीय अधिकृत प्रकाश नेपालले बताए । यस्तै पट्रोल पम्पमा सेड समेत नराखिएको लागतयका केही कमजोरी देखिएको उनले बताए । पम्पका मालिकलाई ३ दिन भित्र हाजिर हुने गरी पत्र काटिएको उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ४६ बजे