१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्रचण्डको विजयनगरमा ५ मिनेटको सम्बोधन, के के बोले होलान ?



मायादेवी अनलाइन, विजयनगर ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कपिलवस्तु आउने भनेपछि जिल्लाबासी उनको भाषण सुन्न आतुर थिए । समकालिन राजनीतिको केन्द्र विन्दुमा रहेका प्रचण्डले कपिलवस्तुमा के बोल्लान भन्ने सबै माझ कौतुहलता थियो । नेकपाका अध्यक्ष भएपछि प्रचण्डको भाषण नरम हुदै आएको छ । तर, केही दिन पहिला चितवनमा भएको एक कार्यक्रममा प्रचण्डले बोलेको भाषणले देश मै हलचल मच्चिएको थियो । पूर्व माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले चितवनमा भएको कार्यक्रममा अर्को माओबादी जन्मिने बताएका थिए ।

विशेष गरी भेनेजुयलाको विषयमा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली प्रचण्डको मत भन्दा फरक तरिकाले बोले पछि प्रचण्ड एकाएक आक्रमणमा आएका थिए । सोही आक्रमण बोली अन्तर्रगत प्रचण्डले अर्को माओबादी जन्मिने बताएका थिए । चितवनमा बोले पछि प्रचण्ड फेरी नरम रुपमा बोल्दै आएका थिए । शुक्रबार कपिलवस्तुमा सम्बोधन गर्न आएका प्रचण्डले यस्तै के बोल्ने हुन भन्ने आम चासोको विषय थियो । तर, प्रचण्डले ५ मिनेटमै आफ्नो भाषण सकेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा उठ्न थालेको छ ।

लामो, सटिक र आक्रमक भाषण गर्ने प्रचण्डले सम्ववत् शुक्रबारको कार्यक्रममा इतिहासमा छोटो भाषण गरेका छन भन्नेहरु पनि छन । उनको भाषण सुन्नका लागि उपस्थित हजारौं कार्यकर्ता ५ मिनेटमै भाषण सकेपछि निरास बनेका छन ।

कार्यक्रम आयोजना गरेको विजय नगर गाउँपालिकाले भने प्रचण्ड निकै व्यस्त भएकोले कम समय बोलेको बताएको छ । प्रचण्डले बाग्लुङको एक कार्यक्रमलाई उद्घाटन गर्नुपर्ने भएकोले कम बोली हिडेका हुन ।

यद्यपि प्रचण्ड ५ मिनेट भन्दा कम बोलेपनि महत्वपूर्ण प्रतिवद्धता जनाएका छन । उनले विजय नगर गाउँपालिकाको विषयमा आफुले सक्दो सहयोग गर्ने बताए । चुनावी भाषणमा बलदेवलाई जिताए मन्त्री बनाएर पठाउँछु भनेर कपिलवस्तुमा प्रतिबद्धता जनाएका प्रचण्डले शुक्रबारको कार्यक्रममा पनि स्मरण गरे । उनले भने चुनावको बेला जनता सामु बलदेवलाई मन्त्री बनाउछु भनेको थिए बनाए । प्रचण्ड बोलेको कुरा पूरा गर्छ ढुक्क हुनुस कपिलवस्तुबासी सामु भने ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ११ : ४८ बजे