१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मुशायरा कार्यक्रममा प्रचण्डको हिन्दीमा सम्बोधन, कृषि मन्त्री खनालले के भने ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयनगर गाउपालिकाको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले चक्रपाणी खनाल बलदेबलाई मन्त्री बनाउने कुरा आफुले निर्वाचनको समयमा बोलेको र त्यो पुरा गरेको बताउनुभयो । छोटो मन्तब्य राख्नुभएका प्रचण्डले अवधीमा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलवस्तुम विकासका सम्भावना प्रसस्तै भएपनि कृषिका लागि धेरै समस्या भएको बताउनुभयो । जिल्लामा किसानले मलखाद समयमै नपाउनु, उत्पादन गरेका उत्पादित बस्तुले बजार नपाउनु, सिंचाई सुविधा प्रयाप्त नहुनु प्रमुख समस्या रहेको बताउनुभु भयो । कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सांसद समेत रहनु भएका खनालले जिल्लामा सिंचाईका लागि राम्रो ब्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाले जिल्लामा
होमिस्टे बनाउने योजना रहेको भन्दै त्यसका लागि गाउ छनोट प्रक्रिया चलिरहेको बताउनुभयो । विजयनगर गाउपालिकामा कृषि अनुसन्धान केन्द्र वा अन्य कुनै कृषि संग सम्बन्धी केन्द्र स्थापना गरिने बताउनुभयो । कार्यक्रममा हजारौ स्थानियको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ४१ बजे