मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम सुरु भएको छ । विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नुहुने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । कार्यक्रमको लागि विभिन्न नेता हरु उपस्थित भैसकेको बताईएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरी, भारतीय पूर्वमन्त्री शिवपाल यादव लगायत नेपाल शिर्ष नेताहरु आउनु हुने छ भने मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगायतका कबिहरु रहनु हुने छ । उहाँहरुले कार्यक्रममा र मुशायरा गाउने कार्यक्रमको रहेको छ ।
प्रतिक्रिया