काठमाण्डौ ।
आईसीसी टी–२० महिला तथा एकदिवसीय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाललाई यूएईले ४२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको यूएईले १७ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउँदै ४१ रन बनाएको हो । यूएईका लागि सीआर सेनेविरत्नाले सर्वाधिक १३ रन बनाइन् ।यूएईका तीन जना ब्याट्सवुमेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राख्न सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो । ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन् । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरिइन् भने लगत्तै उडेनी डोना पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा यूएईले १८ रनमा ६ विकेट खेर फाल्यो ।एकपछि अर्को विकेट गुमाएको युएइले ३५ रन हुँदा सातौं विकेट खेर फाल्यो । सेनेविरत्नाले १३ रन बनाए पनि त्यसपछि उसले अरू ६ रन जोड्दा थप चार विकेट गुमायो ।नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि सिता रानामगर, सोनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई(दुई विकेट लिए ।
१० फाल्गुन २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया