९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

व्याजदरमा पुर्नविचार गर्न कपिलवस्तुका उद्योगीको माग



मायादेवी अनलाइन, वाणगंगा ।

बैंकहरुले व्याजदरमा चर्को मूल्य बृद्धि गरेको भन्दै कपिलवस्तुका उद्योगीहरुले विरोध जनाएका छन । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा विहीबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगीहरुले बैंकले बृद्धि गरेको व्याजदरमा पुर्नविचार गर्न आग्रह गरे ।

वाणगंगा क्षेत्रका बैंकहरुका प्रतिनिधि संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले पछिल्लो समय बैंकहरुले बढाएको व्याजले उद्योगीहरु टाट पल्टिने स्थितीमा आएको गुनासो गर्नुभयो ।

खुल्ला सिमानाको कारण उद्योगधन्दा फष्टाउन नसकिरहेको बेला अहिले बढेको व्याजले उद्योगी माथि थप मार परेको बताउनुभयो । यसमा बैंकले पुर्नविचार गर्नुपर्नेमा उहाँले माग गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका सल्लाहकार तथा उद्योगी टोपनारायण बेल्वासेले उद्योगी व्यवसायीहरु विस्थापितको दिसामा रहेको दाबी गर्नुभयो । बैंकहरुले आफ्नो अनुकुलतामा व्याज बढाइरहेको भन्दै त्यसमा पुर्नविचार गर्न सुझाव दिनुभयो । “नेपालका बैंकहरु दिन प्रतिदिन धनि भैरहेका छन उहाँले भन्नुभयो, तर उद्योग चलाउने उद्योगीहरु विस्थापितको दिसामा छन् ।” उद्योगी संग चर्को व्याज असुलेर बैंकहरु धनि भएको उहाँको दाबी थियो । नेपालमा उद्योग चलाउन भन्दा विदेश गएर कमाउन सजिलो भएको उहाँले गुनासो गर्नुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुक बहादुर भुसाल, महासचिव लक्ष्मण अधिकारी, सचिव मनोज पौडेल, पूर्व अध्यक्ष देवी पाण्डे, घनश्याम घिमिरे लगायतले बोल्दै बैंकले बृद्धि गरेको व्याजमा पुर्नविचार गर्न आग्रह गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै साइन रेसुङ्गा बैंकका जितपुर शाखा प्रमुख अनुराग पाण्डेले केन्द्रमा नेपाल उद्योग वाणिज्य संघ संग छलफल भैरहेको भन्दै अब छिट्टै उचित निकास निस्कने जिकिर गर्नुभयो । सरकार संग पनि यस विषयमा छलफल भैरहेको भन्दै उहाँले उद्योगीहरुको मागलाई आफुले केन्द्र सम्म पु¥याउने बताउनुभयो । बैंकहरुले व्याजदरमा बृद्धि गरेपछि देशभरका उद्योगीहरु आन्दोलित बन्दै आएका छन । जस अन्तर्रगत कपिलवस्तुमा पनि कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : ०० बजे