दाङ ।
२४ माघमा सवारी दुर्घटनामा परेर घाइते भएका सांसद उत्तर कुमार वलीको निधन भएको छ । प्रदेश नम्वर ५ का सांसद वलीको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उपचारकै क्रममा उनको निधन भएको नेकपा दाडका सदस्य बिष्णु केसीले बताएका छन् ।
नेकपाका नेता तथा सांसद वली चडेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका वलीलाई कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा राजधानी ल्याइएको थियो । दुर्घटना भएको १६ दिनसम्म कोममा रहेका सांसद वलीलाई शुक्रवार विहान मृत घोषणा गरिएको छ ।
२४ माघमा बुटवलबाट दाङको घोराहीतर्फ आउँदै गरेका बेला उनी सवार कार यात्रुबाहक बससँग ठोकिएको थियो । ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस उनी चडेको बा १८ च ६८३६ नम्बरको कारसँग ठोकिएको थियो ।
प्रतिक्रिया