मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रबार मुशायरा (गजल) कार्यक्रमको तयारी पूरा भएको छ । विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नुहुने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । दाहाल विहान आउने कार्यक्रम रहेकाले सबैलाई कार्यक्रममा उपस्थित हुन थापाले आग्रह गर्नुभयो । दाहालले कार्यक्रम उद्घाटन संगै नेकपाका नेता कायकर्तासंग छोटो भेटघाट गर्नु हुने कार्यक्रम रहेको बताइएको छ ।
दाहालसंगै कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरी, भारतीय पूर्वमन्त्री शिवपाल यादव लगायत नेपाल शिर्ष नेताहरु आउनु हुने छ भने मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगायतका कबिहरु रहनु हुने छ ।
उहाँहरुले कार्यक्रममा र मुशायरा गाउने कार्यक्रमको रहेको छ । करिब २० लाख खर्च गरेर सम्पन्न हुन लागेको मुसायराको लागि स्टेज निमार्ण, गेट निमार्ण लगायतका कामहरु सम्पन्न भइसकेका छन् ।
देशकै पूर्व प्रधानमन्त्री र नेकपाका संयोजक विजयनगर आउने भएपछि स्थानीय पनि खुसी भएका छन् । कपिलवस्तुका १० स्थानीय तह मध्ये अलिक दुर र दराजमा पर्ने उक्त गाउँपालिकाका जनसमुदायले दाहालसामु आफ्नो गाउँको विकासको लागि आफ्ना कुरा राख्ने पनि जनाइएको छ । यस्तै स्थानीय वासी मात्र नभएर यस क्षेत्रका नेकपाका नेता कार्यकर्ताहरुको पनि त्यहाँ बाक्लो उपस्थिति रहने गाउँपालिकाले जनाएको छ ।
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया