ढाका ।
बंगलादेशको राजधानी ढाकास्थित भीड हुने स्थानको एक भवनमा बुधबार राति आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । त्यस्तै करिब ४० जना सख्त घाइते भएको बताइएको छ । आगलागी राति ११ः४० मा भएको थियो ।
अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमदले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । राजधानीको पुरानो शहरको एक चोक बजारमा रहेको भवनमा सबैभन्दा पहिला आगो लागेको थियो ।सो भवनमा केमीकल भण्डारणको एक गोदाम समेत रहेको बताइएको छ । एउटामा आगो लागेपछि अर्को भवनमा पनि आगो सरेको थियो । आगो भने नियन्त्रणमा आइसकेको बताइएको छ ।
(बीबीसी)
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया