काठमाडौं ।
पार्टी एकतालाई टुंगोमा पु¥याउन बसेको नेकपा कार्यदल र सचिवालयको बैठकले आज पनि एकतालाई टुंगोमा र्पुयाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा कार्यदलले एकताको प्रतिवेदन तयार गर्न नसेकपछि अझै एक साताको समय माग गरेको छ ।
सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पार्न थप एक समय माग गरेको हो । यसअघि तोकिएको समयमा कार्यदलले एकता प्रतिवेदन तयार गर्न नसकेपछि सचिवालयले नै पार्टीको बाँकी सांगठानिक एकताको काम टुंगो लगाउने निष्कर्षमा पुगेको थियो ।
आजको बैठकमा कार्यदलका सबै सदस्यहरुले आ–आफ्नो धारणा राखेका कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए। उनले सचिवालयको निर्याण पछि थप छलफल हुने बताउनुभयो । यसबारेमा सचिवालय सदस्यहरुले कुनै प्रतिक्रिया भने दिएनन्।
कार्यदलको समय थप गर्ने या नगर्नेबारे सचिवालय बैठकले कुनै निर्णय गरेको छैन। केही दिनअघि बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको एकता प्रतिवेदनमाथि छलफल भएको थियो तर बैठक निष्कर्षमा भने पुग्न सकेन। कार्यदलका संयोजक रामबहादुर थापाले बुझाएको प्रतिवेदनमै कार्यदलका कतिपय सदस्यहरुले असन्तुष्टि जनाएका थिए । कार्यदलमा छलफल नै नगरी प्रतिवेदन तयार गरिएको उनीहरुको गुनासो छ। नेकपामा तल्लोतहसम्म पार्टीको सांगठानिक एकता हुन नसकेको छैन। सचिवालय बैठक भोलि बस्नेछ।
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया