काठमाडौं ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपाल आफ्नो दोस्रो खेलमा पराजित भएको छ । नेपाललाई बिहीबार भएको खेलमा आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको हो ।
यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो । आज बैंककमा भएको खेलमा १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाउन सक्यो ।
नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालले अब भोलि संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । यस्तै नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया