१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कपिलवस्तुमा महिला हिंसाका घटना बढे



कपिलवस्तु ।

कपिलवस्तुमा पछिल्लो समयमा महिला हिंसाका घटना बढेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म महिला हिंसाका १६९ वटा उजुरी परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का उपसचिव पवन भट्टका अनुसार उक्त तथ्यांकमा हिंसामा पर्नेहरु अझै छुटेको बताउनुभयो । विभिन्न हिंसामा परेर पनि महिलाले हिंसा सहने हुँदा धेरै घटना बाहिर नआएको उनको भनाइ छ ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाहरु हिंसाविरुद्ध अन्तिम अवस्थामा मात्रै प्रहरीकोमा उजुरी गर्न जाने भएकाले तथ्यांक निकै कम देखिएको बताउनुभयो । धेरैजसो हिंसाका घटनाहरु परिवारको दवाबमा प्रहरीकहाँ नपुगी मिल्ने गरेको उहाको भनाइ छ ।

पछिल्लो समय न्यायिक समिति गठन भएपछि हिंसाका घटना बाहिर आउन थालेको उपप्रमुख थारुले बताउनुभयो । महिला हिंसामन घटनामध्ये १० प्रतिशत मात्रै बाहिर आउने गरेको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष मीना परियारले बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ४ : २९ बजे