एजेन्सी ।
बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या झण्डै ७० पुगेको छ । अहिलेसम्म कम्तिमा ६९ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै ४० जना गम्भीर घाइते भएका छन् ।
राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो ।
ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन् । आगलागी भएको आवासीय घरको एउटा फ्ल्याटमा रसायनको गोदाम पनि थियो । ३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
९५ प्रतिशत आगलागी नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् ।
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया